सानिमा बैंकले ल्यायो सानिमा डबल धमाका मुद्दती खाता

काठमाडौं, ७ वैशाख । सनिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ ।

सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु. ५००,००० को मुद्दती खोल्न सक्नेछन् । ग्राहकहरुले यो योजनामा उक्त रकम साढे ६ बर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नेछन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिनेछ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरु स्वयंले ब्यहोर्नु पर्नेछ ।

व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्नेछन् । ग्राहकले रु. २ लाख सम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्नेछन् । यस योजना अन्तर्गत एक भन्दा बढी मुद्दती खाताहरु समेत खोल्न सक्नेछन् ।

सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *