उपकार लघुवित्तको आइपिओ शुक्रबार बाँडफाँट हुने
काठामडौं, ८ वैशाख । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ भोलि शुक्रबार बाँडफाँट हुने भएको छ । भोलि बिहान ८ बजेदेखि बाँडफाँट कार्यक्रम सुरू हुनेछ ।
उपकार लुघवित्तले गत चैत्र २५ गते आइपिओ निष्कासन गरेको थियो । कम्पनीको कुल ६ लाख ५६ हजार २५० सेयर दर्ता गरिएको छ । जसमध्ये लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रूपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
संस्थाले जारी गरेको कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २८२ सेयर संस्थाको कर्मचारीहरूको लागि र ५ प्रतिशत अर्थात् ११ हजार ८१३ सेयर म्युचुअल फन्डको लागि छुट्याएको छ । यसबाहेक बाँकी २ लाख २१ हजार १५६ कित्ता सेयर सर्वसाधरणको लागि दिइएको हो ।
दुई करोड ७५ लाख ६५ हजार २३० सेयर कित्ताको लागि २४ लाख ३१ हजार १७० जनाले आवेदन दिएका छन्। यो भनेको १२४.६४ गुणाले मागभन्दा बढी आवदेन परेको हो । तर उपकार लघुवित्त वित्तीय संस्थाको आइपिओ जम्मा २२ हजार ११५ जना आवेदकले मात्रै पाउनेछन ।