नेपाल सेवा लघुवित्तको प्राथमिक शेयरमा ८२ गुणाले आवेदन पर्याे

काठमाडौं, २० वैशाख । नेपाल सेवा लघुवित्तको प्राथमिक शेयरको लागि ८२ गुणाले आवेदन परेको छ । लघुवित्तको प्राथमिक शेयरको लागि २ लाख ८ हजार १३१ जना आवेदकहरुलाई १ करोड ३७ लाख ५६ हजार ९९० कित्ता शेयरको आवेदन दिएका छन् । लघुवित्तले १६ हजार ७४० आवेदकहरुलाई १० कित्ताका दरले साधारण शेयर बाँडफाँड गर्ने जनाएको छ ।

लघुवित्तले एक सय रुपैयाँ अंकित मुल्य भएको १ लाख ८० हजार कित्ता साधारण शेयर निष्कासन गरेको थियो । जसमध्ये २ प्रतिशत वा ३६०० कित्ता शेयर कर्मचारीहरु, ५ प्रतिशत वा ९ हजार कित्ता शेयर संचालनमा रहेका सामुहिक लगानी कोषहरु र बाँकी रहेका १ लाख ६७ हजार चार सय कित्ता शेयर साधारण लगानीकर्ताहरुका लागि छुट्टाइएको थियो ।

यस प्राथमिक निष्कासनको लागि लघुवित्तले बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको थियो । लघुवित्तको हाल चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । प्राथमिक निष्कासन पछि लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *