Date

शुक्र, असार २८, २०८१
Fri, July 12, 2024

पार्किङमा राखिएको बुद्ध एयरबाट १० हजार ८ सय अमेरिकी डलर बरामद

पार्किङमा राखिएको बुद्ध एयरबाट १० हजार ८ सय अमेरिकी डलर बरामद

काठमाडौं, १२ वैशाख । पार्किङ स्थलमा राखिएको विमानमा बेवारिसे अवस्थामा रहेको १० हजार ८ सय अमेरिकी डलर बरामद भएको छ ।

आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर शनिवार साँझ प्रहरीले बरामद गरिएको हो ।

बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्‍याण्ड ब्यागभित्र बेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारी प्रहरीले बरामद गरेको हो ।

बरामद डलर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x