Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

विश्वकै ज्येष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन

विश्वकै ज्येष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन


काठमाडौं, १२ वैशाख । विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको ११९ वर्षको उमेरमा निधन भएको छ । जापानका सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार सन् १९०३ मा जन्मिएकी काने ताकानाको मृत्यु भएको हो ।


उनी जापानको दक्षिण पश्चिमी फुकुओका क्षेत्रमा बस्दै आएकी थिइन् । उनको स्वास्थ्यमा खासै ठूलो समस्या नदेखिएको चिकित्सकहरुले बताउँदै आएका थिए । उनलाई नर्सिङ होममा राखेर स्वास्थ्य सेवा दिइँदै आइएको थियो ।


नर्सिङ होममा रहँदा उनी बोर्ड गेम्समा रमाउने गरेको र गणितका प्रश्नोत्तर लेख्दै बस्ने गरेको बताइएको छ । उनी वयस्क अवस्थामा रहेका बेला चाउचाउ पसल, केक स्टोर्स लगायतका धेरै व्यापार व्यवसायहरू चलाएकी थिइन् ।


उनले ठिक एक शताब्दी अगाडि सन् १९२२ मा १९ वर्षको उमेरमा हिडेओ तानाकासँग विवाह गरेर उनले चार सन्तान जन्माएकी थिइन् ।
खेलकुदमा निकै रुचि राख्ने तानाकाले सन् २०२१ मा भएको टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता प्रत्यक्ष हेर्न जाने रहर व्यक्त गरेकी थिइन् । तर कोरोना भाइरसको महामारीका कारण उनलाई खेल मैदान लगिएको थिएन ।


विश्वकै सबैभन्दा ज्येष्ठ नागरिकको रुपमा उनको नाम सन् २०१९ मा गिनिज बुकमा लेखिएको थियो । त्यति बेला उनले यो नै आफ्नो जीवनको सबैभन्दा धेरै खुशीको क्षण भएको प्रतिक्रिया दिएकी थिइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x