सुनको मूल्य ह्वात्तै घट्यो
काठमाडौं, १५ वैशाख । साताको पाचौं दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ ।
बुधबारको तुलनामा यस दिन छापावाला सुन प्रतितोला १ हजार र चाँदीको प्रतितोला २० रुपैयाँले घटेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
बुधबार छापावाला सुन प्रतितोला ९९ हजार र चाँदी प्रतितोला १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो । यस्तै बिहिबार मूल्य घटेर सुन प्रतितोला ९८ हजार र चाँदीको प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।