Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपाल राष्ट्र बैंकको ६७ औँ वार्षिक उत्सव कार्यक्रममा पूर्व गर्भनर लगाएत पूर्व कार्यकारी निर्देशकहरुलाई सम्मान

नेपाल राष्ट्र बैंकको ६७ औँ वार्षिक उत्सव कार्यक्रममा पूर्व गर्भनर लगाएत पूर्व कार्यकारी निर्देशकहरुलाई सम्मान

काठमाडौं, १५ वैशाख । नेपाल राष्ट्र बैंकको ६७ औँ वार्षिक उत्सव कार्यक्रम बुधबार सम्पन भएको छ । बैंकको ६७ औँ वार्षिक उत्सवको अवसरमा पूर्व गर्भनर लगाएत पूर्व कार्यकारी निर्देशकहरुलाई सम्मान गरेको छ ।


बैंकका गर्भनर महाप्रसाद अधिकारीको प्रमूख आतिथ्यतामा रहेको कार्यक्रममा वशेष अतिथिको रुपमा पूर्व गर्भनर तिलक बहादुर रावल रहेका थिए । यस्तै सो कार्यक्रममा सबै जसो पूर्व गर्भनरहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै राष्ट्र बैंकका पुर्व डेपुटी गभर्नर बम बहादुर मिश्रले भन्नु भयो बैंक कोभिडको समयमा लचिलो भयको थियो अहिले कसिलो बन्नु पर्ने अवस्था आएको छ ।


यस्तै राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले भन्नु भयो २०७८÷७९ को मौद्रिक नितिलाई २ प्रतिशतले अर्थतन्त्रको पुनरूत्थानका लागि सहयोग पु¥याउन यस बैंकले गत वर्ष अवलम्बन गरेको लचिलो मौद्रिक तथा नियमनकारी नीतिहरूलाई यथावत् र पुनरकर्जाको व्यवस्थालाई निरन्तरता दिइएको छ । अर्थतन्त्र पुनरूत्थानको क्रममा बैंक तथा वित्तीय संस्थाबाट आर्थिक वर्ष २०७८÷७९ को सुरूआती महिनामा अधिक कर्जा प्रवाह भएको र उक्त कर्जाको अधिकांश अंश आयात भुक्तानीमा गएका कारण आर्थिक वर्ष २०७८÷७९ को सुरूआतदेखि नै शोधनान्तर स्थिति घाटामा रहन गएको बताउनु भयो । उक्त घाटा क्रमशः बढ्दै गएकोले विदेशी विनिमय सञ्चिति घट्न गएको र विदेशी विनिमय सञ्चितिको अवस्था सात महिनाको भन्दा कम समयको लागि वस्तु तथा सेवा आयात धान्न सक्ने स्थितिमा पुगेको हुँदा बाह्य क्षेत्र अहिले दबाबको अवस्थामा रहेको समेत बताउनु भएको छ । विदेशी विनिमय सञ्चितिमा परेको दबाबलाई कम गर्दै बाह्य क्षेत्र स्थायित्व कायम गर्न समीक्षा अवधिमा विभिन्न नीतिगत प्रयास भएको र वैदेशिक रोजगारीमा रहेका नेपालीले बैंकिङ प्रणालीमार्पत विप्रेषण पठाएर बैंक तथा वित्तीय संस्थामा जम्मा गरेमा न्यूनतम एक प्रतिशत बिन्दुले अतिरिक्त ब्याज पाउने व्यवस्था मिलाइएको बताउनु भएको छ ।


यस्तै बैंकले पुर्व कार्यकारी निर्देशक रहेका १० जनालाई आफ्नो सेवा समयावधिमा गरेको योगदान लाई कदर गर्दै बैंकले भीष्म राज ढुङ्गाना, झलक शर्मा आचार्य, कमला अधिकारी, नारायण प्रसाद, नर बहादुर थापा, सुनिल उदास, सरीता भट्ट अधिकारी, लक्ष्मी प्रपन्न, महेश्वर लाल श्रेष्ठ र भुवन कंडेललाई सम्मान गरेको छ । साथै बैंकले २०७९ साल वैशाख १४ गते सम्म २० वर्षे सेवा गरी सेवा निवृत भएका १०४ जना विभिन्न पदका कर्मचारीहरुलाई २० वर्षे सेवा पदकले सम्मान गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x