Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

वायुसेवा कम्पनीहरुले भोलिदेखि आन्तरिक उडान स्थगन गर्ने

वायुसेवा कम्पनीहरुले भोलिदेखि आन्तरिक उडान  स्थगन गर्ने


काठमाडौं, १५ वैशाख । वायुसेवा कम्पनीहरुले भोलिदेखि आन्तरिक उडान स्थगन गर्ने बताएका छन । सो बारेमा वायुसेवा संचालक संघका सदस्य वायुसेवा कम्पनीहरु बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाईन्स, सौर्य एअरलाईन्स र गुण एयरलाईन्सलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको प.स. ०७८।०७९ डि.डि.जि. २ च.नं.२६२१ बिहिबार १४ गते पठाईएको पत्रको सन्दर्भमा संघको ध्यानाकर्षण गरेको छ ।


विविध प्राविधिक कारणले गर्दा हाललाई रात्रि ८ बजे पछिका नियमित तर्फका उडानहरु गर्न सक्ने अवस्था नरहेको साथै उक्त विषयमा अन्य पूर्वाधार र सम्भावना सम्वन्धि विस्तृत छलफल गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण सँग समय समेत माग गरिको छ ।


प्राधिकरणले वैशाख १४ मा जारी गरेको स्लोट सम्वन्धि नयाँ व्यवस्था अनुरुपको तालिका संलग्न गर्न सदस्य वायुसेवा कम्पनीहरुले नसक्ने व्यहोराको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराउदै मिति २०७९।०१।०३ कै स्लोटसम्वन्धी व्यवस्था हाललाई लागू गर्न संघले अनुरोध गरेको छ । सो अनुसारको उडान अनुमति प्राप्त नभएमा संघका सदस्य वायुसेवा कम्पनीहरु बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाईन्स, सौर्य एअरलाईन्स र गुण एयरलाईन्सका उडानहरु स्लोट संसोधन नहुनजेलका लागि सम्पूर्ण उडानहरु स्थगन गर्ने बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x