Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

चालु आर्थिक वर्षमा ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने

चालु आर्थिक वर्षमा  ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने

वैशाख, १५ काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । तथ्यांक विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।


चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादनमा (प्राथमिक क्षेत्र) कृषि वन तथा मत्स्य र खानी तथा उत्खनन् क्षेत्रले २४.५ प्रतिशत, (द्वितिय क्षेत्र) विधुत् तथा ग्याँस, पानि आपूर्ति र निमार्ण क्षेत्रले १३.७ प्रतिशत, (सेवा क्षेत्र) थोक तथा खुद्रा व्यापार, आवास तथा भोजन सेवा, यातायात सञ्चार तथा भण्डारण, वित्तिय मध्यस्थता, घरजग्गा कारोबार सार्वजनिक प्रशासन लगायत क्षेत्रले ६१.८ प्रतिशत योगदान गर्ने विभागको अनुमान रहेको छ ।
चालु आर्थिक वर्ष ०७८÷७९ को ९ महिनासम्मको आर्थिक क्षेत्रहरुसँग सम्बन्धित आंकडा तथा सूचनाहरुका आधारमा तयार गरिएको तथ्यांक अनुसार कुल गार्हस्थ उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ ।

यस्तै प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ लाख ६४ हजार ५ सय ९८ रुपैयाँ र प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन १ लाख पैसठ्ठि हजार ६ सय ४० रुपैयाँ हुने अनुमान गरेको छ ।आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहेको छ । सो बाँकी तीन महिनाको अवधिमा ठूलो असर नआउने भएका कारण यस्तो अनुमान गरिएको विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *