Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

८ महिनामा १ खर्ब ३४ अर्ब पुनर्कर्जा लगानी

८ महिनामा १ खर्ब ३४ अर्ब पुनर्कर्जा लगानी

काठमाडौं, १६ वैशाख । चालू आर्थिक वर्षको पहिलो ८ महिनामा १ खर्ब ३४ अर्बभन्दा बढी पुनर्कर्जा लगानी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा लगानीमा रहेको पुनर्कर्जा १३४ अर्ब ११ करोड रहेको छ ।

सोही अवधिमा १ लाख ४४ हजार ६२० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १५ अर्ब ७६ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ५६० ऋणीलाई प्रवाह भएको १३७ अर्ब ७९ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार १९७ महिला उद्यमीलाई प्रवाह भएको ७४ अर्ब १७ करोड कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८६३ ऋणीको रु।३ अर्ब ८० करोड कर्जा बक्यौता रहेको छ । व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ फागुन मसान्तसम्ममा १ अर्ब १० करोड स्वीकृत भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x