राजधानीमा हर्ब्स आयुर्वेदा एक्स्पो

काठमाडौं, २१ बैशाख । सातौं नेपाल हर्ब्स आयुर्वेदा एक्स्पो काठमाडौंस्थित भृकुटीमन्डपमा जारी छ । नेपाल हर्ब्स एन्ड हर्बल प्रडक्ट एसोसिएसनले आयोजनामा हिजो देखि सुरु भएको एक्स्पो तीनदिन सम्म चल्ने बताइएको छ ।

एस्क्पोमा ७५ वटा स्टलसहित नेपालमा उत्पादन हुने स्वदेशी कच्चापदार्थ जडीबुटी र त्यसबाट निर्मित वस्तु प्रदर्शनीमा राखिएका छन् । जडीबुटीको प्रयोग, प्रजाति र प्रशोधनका आधारमा अर्गानिक प्रमाणित फुडसप्लीमेन्ट, कस्मेटिक उत्पादन, कृषिजन्य उत्पादन, औषधिजन्य वस्तु र सेवा, आयुर्वेदिक औषधि, स्वास्थ्य उपचार सेवालगायतका स्टल मेलामा राखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *