आइएमई जनरल र स्टार हस्पिटल बीच नगद रहित सेवा प्रदान गर्ने सम्झौता

काठमाडौं, २१ बैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटल बिच नगदर रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म स्टार हस्पिटलबाट गदर रहित उपचार सेवा प्राप्त हुनेछ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापाले स्टार हस्पिटलले कम्पनीसंगको सहकार्यमा कम्पनीका ग्राहक महानुभावहरुलाई बीमालेखमा तोकिएको सिमासम्म क्यास लेस हस्पिटलाइजेसन सुविधा प्रदान गर्ने इच्छा व्यक्त गरी संझौता गरेकोमा अस्पतालको संचालक समिति तथा व्यवस्थापनलाई धन्यवाद दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *