Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कलंकी अण्डरपास निर्माणको ९० प्रतिशत काम सम्पन्न, तीन महिनापछि सञ्चालनमा आउने

कलंकी अण्डरपास निर्माणको ९० प्रतिशत काम सम्पन्न, तीन महिनापछि सञ्चालनमा आउने

काठमाण्डौं, २१ बैशाख । चीन सरकारको सहयोगमा निमार्ण भइरहेको चक्रपथ सुधार परियोजना अन्र्तगत कलंकीमा निर्माण भइरहेको अण्डरपास आगामी जुलाई अन्तिमसम्म सञ्चालनमा आउने भएको छ । चक्रपथ सुधार आयोजनाका इन्जिनियर प्रकास चन्द्र भण्डारीका अनुसार अवको ३ महिनाभित्र अन्डपास सञ्चालनमा ल्याउने गरी निमार्णको काम दु्रत गतिमा भइरहेको छ ।

स्टम्चर र वाल लाउने काम पुरा भइसकेको र पिच गर्ने तथा फिनिसिङको काम मात्र बाँकी रहेको उनले जानकारी दिए । सन् २०१६ मा शुरु गरिएको अण्डरपास ६ महिना भित्र पुरा गर्ने लक्ष्य राखिए पनि भूकम्प र नाकाबन्दीको कारण देखाउदैं ठेकेदार कम्पनीले समयमा काम नगरेपछि एक बर्ष समय थप गरिएको थियो । पटक पटकको समयवधि थप गदैं चीनिया कम्पनी सांघाई कन्स्ट्रक्सनले २४ सै घन्टा निमार्णको काम गरिरहेको उनले बताए । त्यहाँ अहिले २० जना चिनिया र ५० जना नेपाली गरी जम्मा ७० जनाले काम गरीरहेका छन् ।

चीन सरकारको सहयोगामा निमार्ण भइरहेको चक्रपथ सुधार परियोजना अन्र्गतको यो अन्डरपास नेपालकै पहिलो हो । कुल ८ सय मिटर लामो अन्डरपास रहेको सडकको काम बल्खु देखी कलंकी सम्मको १.४ किलो मिटरमा पिच गर्नेकाम बाँकी नै रहेको आयोजनाका इन्जिनियर भण्डारीले जानकारी दिए । उनले भने ९० प्रतिशत पुरा भएको र उक्त अन्डरपास कलंकी चोकदेखि बल्खुसम्म ४ सय मिटर र सितापाइलातिर ४ सय मिछटर गरी जम्मा ८ सय मिटरको बनाउन लागिएको जानकारी दिए । अन्डरपासको निमार्णभइसकेपछि कलंकीमा हुने घण्टौं जाम पूर्णरुपमा हट्ने विश्वास लिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x