सिण्डिकेट विरुद्ध कठोर बन्दै सरकार, यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव पक्राउ

पूर्ण प्रसाद चौलागाई २०७५ वैशाख २१ काठमाडौं । सिण्डिकेट माग गर्दै यातायात बन्द गराएको आरोपमा प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको सादा पोशाकको टोलीले उनलाई आज काठमाडौंको भृकुटीमण्डपबाट पक्राउ गरेको हो ।

सिटौलालाई महानगरीय प्रहरी काठमाडौं प्रहरी परिसर, टेकुमा राखिएको छ । उनी सिडिन्केट पक्षमा जारी व्यवसायीको आन्दोलन प्रचार–प्रसार समितिका संयोजक हुन् ।पक्राउ परेका सिटौलालाई आवश्यक सेवा सञ्चालन ऐन वा सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने प्रहरीले जनाएको छ । त्यसबारे सरकारी वकिलसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि गृहमन्त्री रामबहादुर थापा बादलले सेवा रोक्ने देशभरका यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *