Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नबिल बैंकले पायो “नेशनल एच आर एक्सिलेन्स अर्वाड २०२२”

नबिल बैंकले पायो “नेशनल एच आर एक्सिलेन्स अर्वाड २०२२”


काठमाडौं, १७ वैशाख । निजी क्षेत्रको पहिलो बैंक नबिल बैंकले नेशनल एच आर एक्सिलेन्स अर्वाड २०२२ प्राप्त गरेको छ ।


मानव संसाधनमा परामर्श गर्ने कम्पनी ग्रोथ सेलरले नबिल बैंकलाई सो अवार्ड प्रदान गरेको हो । कम्पनीको एचआर मिट २०२२ अन्तर्गत यो अवार्ड नबिल बैंकले प्राप्त गरेको हो ।
बैंकभित्र रहेको मानव संसाधनलाई बैंकले सन्तुष्ट हुने गरि व्यापक सदुपयोग गरि काममा सहजता ल्याएको कारण अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ । कर्मचारीहरुको बैकप्रतिको अनुभवको उत्कृष्टताको आधारमा कम्पनीले बैंकलाई अवार्ड प्रदान गरेको ग्रोथ सेलरले जानकारी दिएको छ ।
उक्त अवार्ड नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह, नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय कुमार रेग्मी, प्रमुख मानव संशाधन अधिकृत रोशन कोइराला लगायत सम्पूर्ण मानव संसाधन विभागका कर्मचारीहरूले ग्रहण गरेका थिए ।
कम्पनीले अवार्ड छनौटका लागि प्रोफेसर डा सुवास केसीको संयोजकत्वमा निर्णायक मण्डल बनाएको थियो । सोहि छनौट समितीले नबिल बैंकलाई सो अवार्ड दिने निर्णय गरेको हो ।
बैंकले यसअघि कम्पनीको एचआर मिट अन्तर्गत पहिलो पटक समावेश गरिएको ‘एक्सिलेन्स इन इम्प्लोई एक्सपेरियन्स’ अवार्ड पनि प्राप्त गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x