Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

अर्थमन्त्री विवादमा,अर्थतन्त्र संकटमा

अर्थमन्त्री विवादमा,अर्थतन्त्र संकटमा

काठमाडौं, १७ वैशाख । अर्थमन्त्री जनार्दन शर्माको कार्यकाल सुरु भएको १० महिनामा नै विवादित बनेका छन् । उनको कार्यसम्पादन, समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने र नीतिगत निर्णय लिने शैलीबाट उनी असफल प्रमाणित भइसकेको अर्थ जानकार नवराज गौतमले जनाएका छन् ।


कुनै पदमा नियुक्त व्यक्तिको कार्यसम्पादन समीक्षा उसले तोकिएको जिम्मेवारी पूरा गरिसकेपछि हुनुपर्ने भएपनि संवैधानिक संकट सिर्जना गर्दै अनुकूल लाभ लिन अर्थमन्त्री उद्दत देखिएको उनको आरोप छ ।


अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना भइरहेका बेला यो गठबन्धन सरकार बनेको थियो र अर्थमन्त्रीको जिम्मेवारी शर्माले पाए । तर सत्ता गठबन्धनको नेतृत्व गरिरहेका नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्रीले माओवादी नेतालाई अर्थमन्त्री बनाउन निल्नु न ओकल्नुको मारमा आफै परेका छन् ।


नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार अर्थतन्त्रका महत्त्वपूर्ण सबै सूचक नकारात्मक देखिएको छ । सरकारले पुँजीगत खर्च गर्न सकेको नसक्नु, तरलता अभावले बैंकहरू ऋण दिन असमर्थ हुनु अर्को समस्या देखिएकाले अर्थमन्त्री विवादमा परेका हुन् ।


उच्च आयातका कारण शोधनान्तर बचत ऋणात्मक अवस्थामा पुगेको छ भने रेमिट्यान्स समेत घटिरहेको केन्द्रीय बैंकले जनाएको छ । जसले अर्थतन्त्र गम्भीर संकटतर्फ जानुका साथै निरन्तरको शोधनान्तर घाटाले गर्दा विदेशी मुद्राको सञ्चिति ओरालो लागेको प्रष्ट देखिन्छ । यही बीच सरकारले नै अहिले केही वस्तुको आयातमा प्रतिन्ध लगाउने निर्णय गरेकोमा दुविधा छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x