Date

बुध, बैशाख १०, २०८२
Wed, April 23, 2025

वायुसेवा निगमका कार्यकारी अध्यक्षको कार्यकक्षमा तालाबन्दी

वायुसेवा निगमका कार्यकारी अध्यक्षको कार्यकक्षमा तालाबन्दी

काठमाडौं, २० वैशाख । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको कार्यकक्षमा कर्मचारीहरुले ताला लगाएका छन् । कर्मचारी युनियनको तर्फबाट संयुक्त रुपमा ताला लगाइएको हो ।

कार्यकारी अध्यक्ष अधिकारीले साउदी उडानमा स्पष्टीकरण सोधेको भन्ने समाचार भाइबर ग्रुपमा सेयर गरेको भन्दै कर्मचारीलाई मानसकि तनाव दिएको कारण तालाबन्दी गरिएको निगमका काँग्रेस निकट कर्मचारी युनियनका अध्यक्ष मानबहादुर कुँवरले जानकारी दिए ।
समाचार सेयर गरेको कारण पाँचौ तहका कर्मचारी देवराज ओझालाई कार्यकक्षमा बोलाएर धम्क्याएको उनको दाबी छ ।

निगमलाई धराशायी बनाउन लगाएको, किस्ता तिर्न नसकेको, निगमलाई जहाज किन्न ठोस प्रस्ताव ल्याउन नसकेको आरोप समेत कर्मचारी युनियनको छ । आफ्नो कमजोरी बाहिरिएपछि कर्मचारीलाई धाकधम्की दिएका कारण तालाबन्दी गरिएको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x