Date

मङ्ल, असार ३१, २०८२
Tue, July 15, 2025

पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत साढे १५ अर्ब सङ्कलन

पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत साढे १५ अर्ब सङ्कलन

काठमाडौं, २० वैशाख । पेट्रोलियम पदार्थमा लगाइएको प्रदूषण शुल्कबापत साढे १५ अर्ब रुपैयाँ सङ्कलन भएको छ । आर्थिक वर्ष २०६५-६६ देखि सरकारले पेट्रोलियम पदार्थमा प्रदूषण शुल्क शीर्षकमा कर लगाउँदै आएको छ । हालसम्म १५ अर्ब ६३ करोड ७३ लाख रुपैयाँ सङ्कलन भएको नेपाल आयल निगमले जनाएको छ ।

प्रदूषण करबापत प्रतिमहिना पेट्रोल र डिजलबाट शुल्क सङ्कलन हुने गरेको छ । सुरुमा प्रतिलिटर डिजल-पेट्रोलमा ५०-५० पैसा सङ्कलन गर्दै आएकामा आर्थिक वर्ष २०७६-७७ देखि शुल्क बढाएर प्रतिलिटरमा एक रुपियाँ ५० पैसा सङ्कलन गर्दै आएको हो ।

प्रदूषण शीर्षकमा पर्याप्त सङकलन भए पनि रकम परिचालन हुनसकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *