Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लिटमस केबलद्वारा नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन

लिटमस केबलद्वारा नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन

काठमाडौं, २० वैशाख । नेपालको अग्रणी केबल ब्राण्ड लिट्मस केबलले अप्रिल ३० देखि मे ९ सम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा हुने नेपाल र जिम्बावे (ए) बिचको द्विपक्षीय एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजन गरेको छ ।


सिरिजको तालिका अनुसार नेपालले ३० अप्रिल, २ मे र ४ मेमा ३ वटा एकदिवसीय खेल खेल्नेछ भने ३ वटा टी–२० खेल ६, ७ र ९ मेमा खेल्नेछ ।
रमेश कर्पोरेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले भन्नु भयो ‘राष्ट्रिय टिम संग सहकार्य गर्न पाउदा हामी गौरवान्वित भएका छौ।’ यो सहकार्यले नेपाली क्रिकेटको विकास र सफलतामा योगदान पुर्याउने छ भन्ने कुरामा म विश्वस्त छु । हामी नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई हार्दिक शुभकामना र हार्दिक कृतज्ञता व्यक्त गर्दछौं ।


सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड उत्पादन कम्पनी हो । यस कम्पनिले चार दशकदेखि अत्याधुनिक जर्मन प्रविधि र पूर्वाधारहरू प्रयोग गरि लिटमस केबल्स ब्रान्ड अन्तर्गत उच्च गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ ।


लुम्बिनी विद्युत उद्योग प्रा.लि. नेपालको सबैभन्दा ठूलो निजी औद्योगिक एवं व्यापारिक समूहमध्ये एक रमेश कर्पको भगीनी संस्थाका रुपमा रहँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x