Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

मुक्तिनाथ विकास बैंकको सिइओमा पुनः पोखरेल नियुक्त

मुक्तिनाथ विकास बैंकको सिइओमा पुनः पोखरेल नियुक्त

काठमाडौं, २१ वैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः प्रद्युमन पोखरेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको बैठकले उनलाई दोस्रो कार्यकालका लागि सिइओ नियुक्त गरेको हो ।

उनी यस अगाडि २०७५ जेठ १ गतेबाट बैंकको सिइओको जिम्मेवारीमा थिए । उनको दोस्रो कार्यकाल आगामी जेठ १ गतेबाट लागु हुनेछ । वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका उनले सन् १९९१ मा नबिल बैंकबाट बैंकिङ यात्रा अगाडि बढाएका थिए ।

१९ वर्षसम्म नबिल बैंकमा विभिन्न जिम्मेवारी सम्हालेका उनी सन् २०१० देखि २०१६ सम्म मेगा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धक भएर काम गरेका थिए । २०७३ मंसिर १९ गतेदेखि उनी मुक्तिनाथ विकास बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका थिए ।

बैंकको स्थापनादेखि प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकालको कार्यकाल २०७५ को वैशाख मसान्तमा सकिएपछि उक्त पदमा पोखरेल नियुक्त भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x