Date

बिहि, बैशाख २०, २०८१
Thu, May 2, 2024

एक वर्षमा १४ अर्ब २५ करोड रुपैयाँले बढ्यो बीमाशुल्क संकलन

एक वर्षमा १४ अर्ब २५ करोड रुपैयाँले बढ्यो बीमाशुल्क संकलन

काठमाडौं, २१ वैशाख । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा नेपालका बीमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन १ खर्ब ३१ अर्ब १३ करोड रुपैयाँभन्दा बढी पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरूको कुल बीमाशुल्क संकलन १ खर्ब १६ अर्ब ८८ करोड रुपैयाँ थियो ।

बीमा समितिका अनुसार एक वर्ष अवधिमा बीमा कम्पनीहरूको बीमाशुल्क संकलन १४ अर्ब २५ करोड रुपैयाँले बढेको छ, गतवर्षको तुलनामा १२.१९ प्रतिशत बढी हो ।

सो अवधिमा जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन १ खर्ब २ अर्ब ४२ करोड रुपैयाँ रहेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ९.१३ प्रतिशतले बढी हो । यस्तै निर्जीवन बीमा कम्पनीको कुल बीमा शुल्क संकलन २८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यो गतवर्षको सोही अवधिको भन्दा २४.२८ प्रतिशतले धेरै हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x