Date

आइत, जेष्ठ २५, २०८२
Sun, June 8, 2025

जेठ ३ देखि प्रि–बजेट छलफल सुरु गर्ने तयारी

जेठ ३ देखि प्रि–बजेट छलफल सुरु गर्ने तयारी

काठमाडौं, २३ वैशाख । यो वर्ष संघीय संसदमा ढिलो गरि आगामी आर्थिक वर्षको पूर्व बजेट छलफल गर्ने तयारी भएको छ। सरकारले बनाएको तालिकाभन्दा करिब १३ दिन ढिला गरि पूर्व बजेट छलफल हुने भएको हो।

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले तयार गरिरहेको नीति तथा कार्यक्रम र अर्थ मन्त्रालयले तयार गरिरहेको बजेटमा सरोकारवालाहरूसँग छलफल भएपनि जन प्रतिनिधिहरूसँग भने छलफल हुन सकेको छैन।

अर्थ मन्त्रालयले संसदको दुवै सदनमा विनियोजन विधेयकका सिद्धान्तहरुको रुपरेखाबारे छलछल गर्नेगरी यही वैशाख २० गते प्रस्ताव तयार गरेको थियो। तर बजेट अधिवेशन सुरु नहुँदा अर्थले संसदमा पेश गर्न सकेको छैन।

अब जेठ ३ गते मात्रै विनियोजन विधेयकका सिद्धान्तहरूमा छलफल हुने भएको छ। सरकारले संघीय संसदमा जेठ ३ देखि प्रि–बजेट छलफल बोलाउने तयारी गरेको अर्थ मन्त्रालय स्राेतले जनाएकाे छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *