Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चुनावमा १ लाख ४५ हजार

चुनावमा १ लाख ४५ हजार

काठमाडौं, २३ वैशाख । स्थानीय तहको चुनावमा सहभागी हुने जम्मा उम्मेदवार १ लाख ४५ हजार ७ जना रहेको निर्वाचन आयोगले जनाएको छ । जसमध्ये पुरुष ५८ दशमलव ५५ प्रतिशत अर्थात ८४ हजार ९ सय ४ जना छन् । त्यस्तै, महिला ४१ दशमलव ४५ प्रतिशत अर्थात ६० हजार १ सय ३ जना छन् ।

मुलुकभर जम्मा ३५ हजार २ सय २१ पदका लागि सो संख्यामा उम्मेदवार प्रतिस्पर्धामा रहेको आयोगका सह प्रवक्ता सुर्यप्रसाद अर्यालले बताए । महानगर, उपमहानगर सहित मुलुकभरका २ सय ९३ वटा नगरपालिका प्रमुखका लागि ३ हजार २ सय ३८ जनाको उम्मेदवारी परेको छ । जसमध्ये पुरुष ९३ प्रतिशत छन् । महिला ७ प्रतिशत छन् ।

उपप्रमुखमा भने महिलाको संख्या ७३ प्रतिशतले बढी रहेको छ । जम्मा उम्मेदवारी १ हजार ९ सय ६४ परेकामा महिलाको संख्या १ हजार ४ सय ३४ छ । पुरुष २७ प्रतिशत अर्थात ५ सय ३० जना छन् ।

यस्तै, ४ सय ६० वटा गाउँपालिकाको अध्यक्षका लागि ३ हजार ९२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये पुरुष ९५ प्रतिशत अर्थात २ हजार ९ सय ३७ जना छन् । बाँकी महिला छन् । उपाध्यक्षका लागि २ हजार १ सय ६३ जनाले उम्मेदवारी दिएकामा महिला १ हजार ६ सय ४३ जना छन् । ६ हजार ७ सय ४३ वडाको अध्यक्षका लागि ३० हजार ६ सय ३ जनाले मनोनयन दर्ता गराएकामा पुरुषको संख्या ३१ हजार ५ सय ५० छ । महिलाको उम्मेदवारको संख्या ९ सय ४७ छ । महिला सदस्य २५ हजार ५ सय ९६ जना छन् । त्यस्तै, दलित महिला सदस्य २३ हजार २ सय ८४ जना छन् । समग्रमा महिलाहरुको उपस्थिती बढे पनि गठवन्धनका कारण प्रमुख र उपप्रमुख मध्ये १ पदमा महिलाको सहभागिता अनिवार्य गराउनुपर्ने संविधानको व्यवस्था अनुसार भने हुन सकेको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x