आगामी ३० गते हुने स्थानीय तहको चुनावका लागि विराटनगर भन्सार २७ गतेबाट बन्द हुने, कहिले खु्ल्छ?
काठमाडौं, २५ वैशाख । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको विराटनगर भन्सार कार्यालय बन्द हुने भएको छ ।
सो भन्सार कार्यालयका अनुसार वैशाख २७ गते राति १२ बजेदेखि जेठ १ गते राति १२ बजेसम्म भन्सार बन्द हुने भएको हो ।
यस्तै, जेठ २ गतेबाट नियमित रुपमा भन्सार खुल्ने कार्यालय प्रमुख ताराप्रसाद सापकोटाले बताएका छन । भन्सार नाकासँगै चुनाव अवधिभर सरकारले सीमा नाकासमेत बन्द गर्ने भएको छ ।