Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

चिनियाँ सामग्रीको आयात बन्द

चिनियाँ सामग्रीको आयात बन्द

काठमाडौं, २९ वैशाख । स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढीबाट आयात कारोबार बन्द गरिएको छ । नेपाल–चीन सीमा क्षेत्रका दुई छिमेकी अधिकारी बीचको संवादबाट मतदान कार्य सम्पन्न नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको हो ।

मङ्गलवार भने १३ ठूलो टेलरमार्फत रेडिमेट तथा हाइड्रोका सामग्री आयात भएको सीमा सुरक्षा पोष्टले जनाएको छ । मतदानको समयभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय सिमानाबाट आवतजावतमा रोक लगाउने नियमित प्रक्रिया अनुसार सामान आयात बन्द गरिएको बताइएको छ ।

कोभिड–१९ सङ्क्रमण शुरु भएपश्चात् मानिसको आवतजावत बन्द नाकामा चिनियाँ सवारी चालकले मात्र एकतर्फी रूपमा रसुवागढी पु¥याउँदै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x