आजको कारोबार बन्द भएपछि शेयर बजार जेठ ३ गते मात्र खुल्ने

काठमाडौं, २९ वैशाख । शेयर बजार शुक्रबारबाट चार दिनसम्म बन्द हुने भएको छ । चार दिनसम्म सार्वजनिक बिदा परेको कारण शेयर बजार बन्द हुने भएको हो ।
शुक्रबार निर्वाचनका लागि सार्वजिनक बिदा दिइएको छ । तथापि शुक्रबार शेयर बजार बन्द नै हुने गर्छ । वैशाख ३१ गते शनिबार परेको छ । जेठ १ गते आईतबार परे पनि सरकारले त्यही दिनदेखि आइतबार पनि सार्वजनिक बिदा दिने घोषणा गरेकाले बजार बन्द हुने भएको हो । जेठ २ गते सोमबार बुद्ध जयन्ती परेको कारण सार्वजनिक बिदा हुने छ ।
आज बिहीबारको कारोबारपछि बजार अब जेठ तीन गते मंगलबार मात्रै शेयर बजार खुला हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *