Date

शनि, साउन १२, २०८१
Sat, July 27, 2024

८.६ प्रतिशतले खुम्चियो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप वृद्धि

८.६ प्रतिशतले खुम्चियो बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप वृद्धि

काठमाडौं, २९ वैशाख । चालू आर्थिक वर्षको ९ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेपको वृद्धिदर ८.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत मसान्तसम्ममा यस्ता संस्थामा रहेको निक्षेपको वृद्धिदर निक्षेप ५.१ प्रतिशतले मात्र बढेको छ । गतवर्षको सोही अवधिमा यस्तो निक्षेप १३.७ प्रतिशतले बढेको थियो ।

केन्द्रीय बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा चैत मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.२ प्रतिशतले बढेको छ ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, २८.७ प्रतिशत र ५६.१ प्रतिशत रहेको छ । गतवर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३५.१ प्रतिशत र ४८.२ प्रतिशत रहेको थियो ।

चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.६ प्रतिशत रहेको छ । २०७७ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४१.७ प्रतिशत रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x