बैशाख महिनाको अन्तिम दिन ओरालो लाग्यो शेयर
काठमाडौं, २९ वैशाख । यो साता लगातार चार दिन बढेको शेयर बजार कारोबारको अन्तिम दिन बिहीबार भने घटेको छ । यो साता चार दिनको कारोबारमा बजारमा हरियाली छाउँदै १३०.४४ अंकको वृद्धि देखिएको थियो । बिहीबार भने बजार १८.६४ अंकले घटेर २३५०.४२ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।
वैशाख महिनाको अन्तिम दिन कारोबार हुँदा नेप्से १८.६४ अंकले घटेको हो । यो अघिल्लो दिनको तुलनामा ०.७९ प्रतिशतले कमी हो ।
कारोबार भएका १३ कम्पनी समुहका उपसुचकमध्ये २ वटा बाहेक अन्य ११ कम्पनी समुहले घाटा व्यहोरे ।
बिहीबार कूल २ सय २८ कम्पनीको ४०,०२३ कारोबारबाट २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ रुपैयाँ बराबरको ५२ लाख २७ हजार ३ सय ५९ कित्ता शेयर किनबेच भए ।
बिहिबार ३४ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा परिवर्तन आएको छ ।