Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

१७ स्थानीय तहका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित

१७ स्थानीय तहका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित

काठमाडौं, ३० वैशाख । आज भएको स्थानीय तहको निर्वाचनका क्रममा कतिपय मतदान केन्द्रको मतदान भने स्थगित भएको छ। निर्वाचन आयोगका अनुसार १४ जिल्लाका १७ वटा स्थानीय तहका २८ वटा मतदानस्थलका ४४ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सबै स्थानीय तहमा निर्वाचन सम्पन्न हुन्छ भन्ने अपेक्षा गरिएको भए पनि निर्वाचनको दौरान विभिन्न जिल्लामा विभिन्न किसिमका छिटपुट घटना पनि भएकाले स्थगन भएको बताए।

`स्थगन गरिएका निर्वाचनहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र आयोगसँग समन्वय गरेर त्यहाँको वस्तुस्थितिको आधारमा हामी छिट्टै मतदानको प्रक्रिया प्रारम्भ गर्नेगरी आवश्यक तयारी गरिरहेका छौँ’, उनले भने।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x