१४ हजारसम्म पुगेको क्रिप्टोकरेन्सी लुनाको भाउ शून्य, गुम्यो ४४ अर्ब ३७ करोड डलर
काठमाडौं, १ जेठ । युएसडी टेरा अन्तर्गतको एक क्रिप्टोकरेन्सीको भाउ लगभग शून्यमा झरेको छ । लुना नाम दिइएको यो क्रिप्टोकरेन्सीलाई तुलनात्मक रूपमा स्थिर क्रिप्टोको रूपमा हेरिएको थियो ।
बल्क चेनमा अधारित क्रिप्टोकरेन्सीहरू एक किसिमको अभौतिक मुद्रा हो । कुनै पनि मुलुकको केन्द्रीय बैंकहरूबाट नियमन नहुने यस्तो मुद्रा कप्युटरको माध्यमबाट माइनिङ ९बनाइन्छ० गरिन्छ । क्रिप्टोकरेन्सीहरू बिटकोइन लगायतमा विभिन्न नाममा माइनिङ गरिएका छन ।
सन् २०१९ बाट सुरू भएको लुना करेन्सी एक सय १८ डलर ९करिब १४ हजार २ सय ७८ रूपैयाँ० सम्म पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले उल्लेख गरेका छन ।
करिब ८४ करोड ८८ लाख बराबरका लुना मुद्रा निर्माण भएकोमा ३७ लाख ६१ हजार वटासम्म चलनचल्तिमा रहेको थियो । यसआधारमा हेर्दा यो उच्च मूल्यमा हुँदा लगानी गरेकाहरूको ४४ अर्ब ३७ करोड डलर ९करिब ५३ खर्ब ६९ अर्ब रूपैयाँ० गुमाएका छन ।
भारतीय सञ्चारमाध्यम इकोनोमिक टाइम्सका अनुसार लुनाको भाउ घट्नुमा टेराअन्तर्गतकै अर्को मुद्रा युएसटीलाई त्यसको भाउ एक डलरसँग कायम राखिराख्ने गरि गरिएको पेग्ड हटाउनु हो । पेग्ड गर्दा एक डलरको अन्य मुद्रासँगको भाउ जति हुन्थ्यो युएसटीको भाउ पनि त्यतिनै हुन्थ्यो ।
लुनामा भएको गिरावटले क्रिप्टोकरेन्सीको बजार नै प्रभावित भएको छ । बिटकोइनको मुल्य समेत केही दिनअघि ५० प्रतिशतसम्म घटेर ३१ हजार डलरमा कारोबार भइरहेको थियो ।
लगानीकर्ताहरू तुलनात्मक रूपमा सुरक्षित मानिने भौतिक मुद्रा अमेरिकन डलरको खरीददारीमा लागेको समेत ती सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। क्रिप्टोमा रहेको यस्तै सम्भावित जोखिमको कारण नेपालमा यस्तो मुद्रामा लगानी गर्न रोक लगाइएको छ ।