Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नबिल बैंकद्वारा एसएमई हब संचालन, तिन करोड देखी दश करोड रुपयाँसम्मको कर्जा प्रवाह

नबिल बैंकद्वारा एसएमई हब संचालन, तिन करोड देखी दश करोड रुपयाँसम्मको कर्जा प्रवाह

काठमाडौं, २४ वैशाख । नबिल बैंकले एसएमई हब काठमाडौंको युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा संचालनमा ल्याएको छ । यस हबले मिड–कर्पोरेट तथा साना तथा मझौला प्रकृतीका ब्यापार, उत्पादन र सेवाको काममा संलग्न व्यावसायिहरुलार्ई सेवा प्रदान गर्दछ । यस हबले नबिल बैंकका देशभरीका विभिन्न शाखाहरुमा हुने प्रत्यक्ष तथा अप्रत्यक्ष लघुवित्त सम्बन्धी क्रियाकलापहरुलाई समेत हेर्ने गर्दछ ।
मिड–कर्पोरेटले एउटा इकाई तथा समुहलाई तिन करोड देखी दश करोड रुपयाँसम्मको कर्जा प्रवाह गर्दछ । एसएमइले तिन करोड रुपयाँसम्मको कर्जा प्रवाह गर्दछ भने लघुवित्तले कुनै ब्यक्ति तथा इकाईलाई प्रत्यक्षरुपमा प्रदान गर्ने कर्जालाई समेट्छ । त्यसैगरी होलसेल कर्जाले एमएफआई र सहकारी लगायत एमएफआइमा गरिने शेयर लगानीलाई समेत समेट्छ ।
नबिल बैंक तथा युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्राम (सक्षम) ले लघु तथा साना र मझौला ब्यवसायको क्षेत्रमा वित्तिय पहुँचलाई विस्तार गर्नको लागि हातेमालो गरेकाछन । देशमा सञ्चालित लघु, साना र मझौला ब्यवसायमा गरिने लगानीमा पहुँच बढाउने उद्घेश्यमा समर्पित एक विशेष एसएमई कर्जा ईकाई स्थापना गरेर ग्रामिण भेगमा लघु, साना तथा मझौला ब्यवसायमा लगानी गरी त्यस क्षेत्रको प्रवर्धनको लागि नबिल बैंकले सक्षम सँग मिलेर काम गर्न चाहेको छ । सोही लक्ष प्राप्तिको लागि आजै सो हबको उद्घाटनको समयमा नबिल बैंक र सक्षमका विचमा एउटा सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x