Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमा, यस्तो छ सोमबारको कार्यतालिका

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमा, यस्तो छ सोमबारको कार्यतालिका

काठमाडौं, १ जेठ । सोमबार २ गते ९भोलि० भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदैछन । बुद्ध पूर्णिमाको अवसर पारेर उनी लुम्बिनी भ्रमणमा आउन लागेका हुन ।
उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्ने कार्यक्रम तय भएको छ । मोदी भारतीय वायु सेनाको हेलिकप्टरबाट बिहान १०:४० बजे लुम्बिनी विकास कोषले निर्माण गरेको हेलिप्याडमा अवतरण गर्नेछन । बिहान ११ बजे उनले मायादेवी मन्दिरको दर्शन गर्ने कार्यक्रम बनेको छ भने बिहान ११:३० बजे भूमि पूजामा सहभागी हुनेछन्।
दिउँसो १२:२० मा मोदी र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेट गर्ने कार्यक्रम तय भएको छ । खड्कासँगको भेट पछि उनले प्रधानमन्त्री देउवासँग भेट्नेछन्।
यस्तै दिउँसो १२:४५ मा मोदी नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको प्रतिनिधिमण्डलबीच छलफल हुनेछ ।
दिउँसो १:३० बजे मोदी प्रधामन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने र दिउँसो २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम बनेको छ । दिउँसो ३:३० बजे बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मोदी सहभागी हुनेछन्। साँझ ५ बजे मोदी स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x