Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बजेट अधिवेशन सुरु हुँदै

बजेट अधिवेशन सुरु हुँदै

काठमाडौं, ३ जेठ । संसद्को बजेट अधिवेशन आज मंगलबारदेखि सुरु हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन मंगलबार ४ बजेलाई बोलाएकी छन् ।

संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । बैठकमा सरकारले जारी गरेका दुई अध्यादेश पेस गर्ने, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट पठाएको पत्र सुनाउनेलगायत विषयलाई कार्यसूचीमा राखिएको छ ।

यता एमालेले भने यसअघि जस्तै विरोध जारी राख्ने जनाएको छ। एमालले भदौ २३ देखि संसद्मा विरोध जारी राखेको छ । जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ। विनियोजन विधेयक ल्याउनुभन्दा १५ दिनअघि नै बजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)छलफल गरियोस् भनी अर्थमन्त्रीले प्रस्ताव गर्नुपर्छ ।

यो प्रस्ताव मंगलबारको बैठकमा राख्न लागिएको छ । मंगलबार संसद्को बैठक बस्नुअघि २ बजे सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकबाट पाएको परामर्शका आधारमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको छलफल कार्यविधि तय हुनेछ ।

छलफलका आधारमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक प्रस्तुत गर्नेछन्। जेठ ७ मा राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भए पनि सरकारले संसद्लाई यसबारे जानकारी गराएको छैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x