सुनको मूल्य २ सयले बढ्यो
काठमाडौं, ३ जेठ । यस साताको तेस्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ ।
आइतबारको तुलनामा यस दिन छापावाला सुनको मूल्य प्रतितोला २ सयले बढेको छ भने यस्तै चाँदीको मूल्य २० रुपैयाँले बढेर कारोबार भएको नेपाल सुनचाँदी महासंघले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
आइतबार छापावाला सुन प्रतितोला ९७ हजार ५ सय र चाँदी प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज मंगलबार मूल्य बढेर सुन प्रतितोला ९७ हजार ७ सय र चाँदीको प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।