Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

टोल फ्रि नम्बरबाट उत्साहजनक ढङ्गले बजेटबारे सुझाव संकलन

टोल फ्रि नम्बरबाट उत्साहजनक ढङ्गले बजेटबारे सुझाव संकलन


काठमाडौं, ३ जेठ । अर्थ मन्त्रालयले आगामी आर्थिक बर्ष ०७९/८० को बजेट निर्माणमा सघाउ पुग्ने उदेश्यले सुझाव संकलन संचालन गरेको टोल फ्रि नम्बर ११३८ बाट उत्साहजनक ढङ्गले सुझावहरु संकलन भएका छन् ।


देशभरका अधिकांश जिल्लाबाट सुझावहरु आएका छन् । अर्थ मन्त्रालय अहिले यी सुझावहरुको अध्ययन गरेर आगामी आबको बजेटमा समावेश गर्न खोजिरहेको छ । अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले सबै क्षेत्रका जनताको सुझाव संकलन गर्ने उदेश्यले टोल फ्रि नम्बर ११३८ संचालनमा ल्याएको र त्यसमा आएको सुझावले आगामी आबको बजेट निर्माणमा महत्वपूर्ण योगदान गरिरहेको बताउनुभयो । अर्थमन्त्री शर्माको नेतृत्वमा अर्थ मन्त्रालय अहिले बजेट निर्माणमा केन्द्रित छ ।


संकलन भएका सुझावमा आ.ब. संसोधन तथा परिवर्तन गरी असाढ मसान्तबाट जेष्ठ मसान्तमा आ.ब. समाप्त हुने व्यवस्था गर्नु पर्ने देखि बजेट उत्पादनमुखी बनाउनु पर्ने, कृषिमा लगानी बढाउनु पर्ने बास्तविक किशान सम्ममा कृषि ऋण र अनुदान पुग्नु पर्ने लगाएत सुझावहरु समावेश भएका छन ।
यस्तै पर्यटन क्षेत्रको विकास गर्नुपर्ने, विभिन्न व्यवसायका कर छुट हुनुपर्ने र मुटु रोगीको लागि निःशूल्क औषधिको ब्यवस्था हुनुपर्ने विषयलाई बढि समावेश गरेका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x