Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्दै

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र जारी गर्दै


काठमाडौं, ५ जेठ । नेपाल राष्ट्र बैंकले आज बिहीबार १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ ।


बैंकले आज बिहीबार सार्वजनिक बोलकबोल मार्फत दुई वर्षे विकास ऋणपत्र २०८१ ‘ङ’ जारी गर्ने भएको हो । राष्ट्र बैंकले एक सूचना जारी गर्दै ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्थालाई तोकिएको समयभित्र विद्युतीय माध्यममार्फत आवेदन दिन आग्रह गरेको छ ।


ऋणपत्र बोलकबोल आज दिउँसो ३ बजे हुनेछ । परिपक्व अवधि २ वर्ष रहेको उक्त ऋणपत्रमा वार्षिक १० प्रतिशतका दरले ब्याज पाइन्छ । ऋणपत्र नेपाली नागरिक, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र अन्य संगठित संस्थाले खरिद गर्न पाउँनेछन ।
यो ऋणपत्र धितो राखेर ऋण लिन र दिन पाइन्छ । ६/६ महिनामा ब्याजदर भुक्तानी पाइने उक्त ऋणपत्र खरिदका लागि अनलाइनबाटै आवेदन दिन सकिनेछ ।


राष्ट्र बैंकले जेठ र असारमा १ खर्ब रुपैयाँभन्दा बढी आन्तरिक ऋण संकलन गर्दैछ । सोही क्रममा बिहीबारदेखि १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्न लागेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x