Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

निवदेकले लिए रिट फिर्ता, नबिल–एनबी बैंक मर्जरको बाटो खुल्यो

निवदेकले लिए रिट फिर्ता, नबिल–एनबी  बैंक मर्जरको बाटो खुल्यो

काठमाडौं, ५ जेठ । नबिल बैंक र नेपाल बंगलादेश (एनबी) बैंकबीचको मर्जर प्रक्रिया अघि बढ्ने भएको छ । यसअघि यी दुई बैंकको मर्जर रोक्न परेको रिट निवेदकले फिर्ता लिएपछि मर्जरको बाटो खुलेको हो ।

गसर्वोच्च अदालतको गत साताको इजलाशले तत्काल मर्जर अगाडि नबढाउन दिएको आदेश संयुक्त इजलासमा पुगेको थियो । तर निवेदकले रिट फिर्ता लिएपछि मर्जरमा देखिएको उल्झन हेटको हो । बिहीबारका लागि न्यायाधीशहरू डा. आनन्दमोहन भट्टराई र सुष्मलता मानन्धरको इजलासमा सुनुवाइ तोकिए पनि सुनुवाइ सुरु नहुँदै निवेदकले मुद्दा फिर्ता लिए ।

नबिल र एनबीबीचको मर्जर प्रक्रिया रोक्न लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेको थियो। कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र नेपाल धितोपत्र बोर्डलाई मुद्दा हालेका थिए । साथै दुबै बैंक, नेपाल राष्ट्र बैंकविरुद्ध पनि उनीहरूले मुद्दा दायर गरेका थिए । दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृति दिइसकेको छ । अन्तिम स्वीकृति लिनुअघि दुवैले विशेष साधारणसभा बोलाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x