Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

नेप्से २३.५१ अंकले घट्यो

नेप्से २३.५१ अंकले घट्यो

काठमाडौं, ५ जेठ । यस साताको पाचौं कारोबार दिन बिहीबार शेयरबजार ओरालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २३.५१ अंकले बढेर २२५०.९१ अंकमा पुगेको छ ।


बिहीबार २१९ कम्पनीको ३७ लाख ९८ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३० करोड ९ लाख ८१ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो ।


ठुला कम्पनिको उपसूचक ३.८८ अंकले घटेर ४३७.२१ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.८८ प्रतिशतले बढी हो ।


यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन १२ समुहका कम्पनीको कारोबार घटेको छ भने एक समुहका कम्पनीको कारोबार बढेको छ । यस दिन म्युचुअल फण्ड समुहका कम्पनीको कारोबार ०.११ अंकले बढेको छ । यस्तै सबै भन्दा धेरै जिवन बीमा कम्पनी समुहको १७२.२८ अंकले कारोबार घटेको छ । यो अघिल्लो दिनको तुलनामा १.५४ प्रतिशतले बढी हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x