Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

जेयाको नेपाल बसाई शरणार्थीहरूसँग अन्तरक्रियादेखि प्रधानमन्त्रीसँग भेटसम्म

जेयाको नेपाल बसाई शरणार्थीहरूसँग अन्तरक्रियादेखि प्रधानमन्त्रीसँग भेटसम्म

काठमाडौं, ७ जेठ । अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री तथा तिब्बती मुद्दाका लागि विशेष संयोजक उज्रा जेया तीनदिने नेपाल भ्रमणका क्रममा काठमाडौंमा छिन । जेयालाई परराष्ट्र मन्त्रालयका सिस्टाचार अधिकृत मनहरी दङगाल र अमेरिकी दूतावासका अधिकारीहरूले शुक्रबार दिउँसो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

शनिबार र आइतबार काठमाडौंमा विशेष भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेयाले शनिबार अपरान्ह काठमाडौंस्थित तिब्बती शरणार्थीहरूसँग अन्तरक्रिया कार्यक्रम गर्ने र आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाण र मुख्य–सचिव शंकरदास वैरागीसँग भेट्ने कार्यक्रम रहेको छ ।

जेया गत १७ मेदेखि भारत र नेपालको भ्रमणमा रहेकी छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x