Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कार्गोमा १ अर्ब ७१ करोडको लगानी प्रतिबद्धता

कार्गोमा १ अर्ब ७१ करोडको लगानी प्रतिबद्धता

काठमाडौं, ७ जेठ । विदेशबाट आयात हुने तथा निर्यात हुने सामानको बजार बढ्दो छ । सामान आयात तथा निर्यात बढेसँगै कार्गो व्यवसायको विस्तारसँगै कार्गो व्यवसायमा लगानीसमेत बढेको हो ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को बैशाखसम्ममा अन्तर्राष्ट्रिय कार्गो ह्यान्डलिङका लागि १२ वटा कम्पनी उद्योगमा दर्ता भएका छन् ।

विभागका अनुसार २०७८ साउनदेखि २०७९ बैशाखसम्ममा कार्गो व्यवसाय सञ्चालनका लागि भन्दै १ अर्ब ७० करोड ९० लाख रुपैयाँको लगानी प्रतिवद्दतासहित उद्योगमा दर्ता भएका हुन् ।

१० करोड रुपैयाँको लगानीमा चेन इन्टरनेशनल कार्गो प्रालि दर्ता भएको विभागले जनाएको छ । यसले वार्षिक १६ हजार मेट्रिक टन सामान ओसारपसार गर्ने लक्ष्य छ ।

यसैगरी ५ करोड रुपैयाँको लगानीमा वार्षिक ९ हजार मेट्रिक टन सामान ओसारपसार गर्ने गरी नेपाल हाईलाइट्स इन्टरनेशनल कार्गो दर्ता भएको उद्योग विभागले जनाएको छ ।

१५ करोड रुपैयाँ लगानीमा मैतु इन्टरनेशनल कार्गो दर्ता भएको छ । यसले वार्षिक २० मेट्रिक टन सामान ओसारपसार गर्ने लक्ष्य लिएको छ । यसैगरी लाइ इन्टरनेश्नल दर्ता भएको छ । उद्योगमा २५ करोड लगानी छ ।

उद्योगले वार्षिक १८ हजार मेट्रिक टन सामान ओसारपसार गर्ने लक्ष्य छ । यसैगरी २५ करोडकै लगानीमा वार्षिक २२ हजार मेट्रिक टन सामान ओसारपसार गर्नेगरी बुबिन ईन्टरनेशनल कार्गो र २० करोडको लगानीमा २० हजार मेट्रिक टन सामान ओसारपसार गर्ने गरी हाईलिन इन्टरनेशनल कार्गो दर्ता भएका हो ।

२० करोड रुपैयाँको लगानीमा १८ हजार मेट्रिक टन सामान ओसारपसार गर्ने गरी खादा इन्टरनेशनल कार्गो र १५ करोड रुपैयाँको लगानीमा जम्बाला ईन्टरनेशनल कार्गो दर्ता भएको विभागको तत्थ्यांकमा उल्लेख छ ।

यसैगरी ५० लाख रुपैयाँको लगानीमा एएल लजिष्टिक्स नेपाल र १० करोड ४० लाखको लगानीमा सिएनपि ईन्टरनेशनल लजिष्टिक्स प्रालि दर्ता भएको छ । विभागका अनुसार ५ करोड रुपैयाँको लगानीमा मेटाभर्स कार्गो र २० करोड रपैयाँको लगानीमा मार्बल इन्टरनेशनल कार्गो प्रालि दर्ता भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x