सर्लाहिको लालबन्धि र मोरङ्गको बेलबारी गाँउपालिकामा लक्ष्मी बैंकको नयाँ शाखा

काठमाडौं, २४ बैशाख । लक्ष्मी बैंक लिमिटेडले सर्लाहिको लालबन्धि र मोरङ्गको बेलबारी गाँउपालिकामा नयाँ शाखा कार्यालय संचालनमा ल्याएकोे छ । यी दुई शाखा कार्यालय संचालनमा आएसँगै लक्ष्मी बैंकको शाखा संजाल ८० पुगेको छ ।

यी शाखा कार्यालय बाहेक पनि बैंकले ३ हस्पिटल सेवा काउन्टर, १ सय १ वटा एटिएम, २५ सय भन्दा बढि रेमिट्यान्स, ५१ शखा रहित बैंकिङ्ग र ४०० भन्दा बढि मोबाईल एजेन्टहरु मार्फत वित्तिय सेवा दिदै आएको छ । आगामी दिनमा बैंकको संजाललाई थप विस्तारित गरेर वित्तिय पहुँच विस्तार गर्दै जाने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *