Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चितवनलगायत क्षेत्रमा पर्यटक भित्राउन बोर्ड र जजिराले सहकार्य गर्ने

चितवनलगायत क्षेत्रमा पर्यटक भित्राउन बोर्ड र जजिराले सहकार्य गर्ने

काठमाडौं, ८ जेठ । नेपाल पर्यटन बोर्ड र कुवेतको जजिरा एयरवेज प्रतिनिधिबीच भेटवार्ताको अवसरमा पारी दुवै पक्षले आसपमा सहकार्य गर्ने गरी अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन ।


जजिराले यहि जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो व्यवसायिक उडान गरे लगत्तै बोर्डले मध्यपूर्वका पर्यटकलाई नेपाल ल्याउने रणनीति अघि सारेको हो । जजिराले नेपालमा उडान गर्दा मध्यपूर्व काममा जाने नेपाली श्रमिकसँगै त्यो क्षेत्रबाट नेपालमा पर्यटक ल्याउन सकिने जनाएको छ ।


बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जजिराको उडानले मध्यपूर्व काममा जाने नेपाली श्रमिकसँगै त्यो क्षेत्रबाट पर्यटक ल्याउन सहयोग पुग्ने बताएका छन । उनले लुम्बिनीसँगै चितवन राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, रानीमहललगायत क्षेत्रमा पनि पर्यटकलाई आकर्षित गर्न सकिने र यसको लागि जजिरासँग सहकार्य गरेर अगाडि बढ्न बोर्ड तयार रहेको जानकारी दिए ।


त्यस्तै जजिराका नेपाल तथा बंगलादेश एरिया म्यानेजर अर्जित गाँगुलीले नेपाली श्रमिकसँगै नेपालमा मध्यपूर्वका पर्यटक आगमनको पनि पर्याप्त सम्भावना रहेकाले बोर्डसँग सहकार्य गर्दै अघि बढ्न इच्चुक रहेको समेत बताएका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x