Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दुई लाख ७४ हजार ई–पासपोर्ट जारी

दुई लाख ७४ हजार ई–पासपोर्ट जारी

काठमाडौं, ९ जेठ । राहदानी विभागले गत वर्ष मंसीर १ बाट जारी गर्न थालेको ई–पासपोर्ट (विद्युतीय राहदानी) २ लाख ७४ हजार सात सय चार थान वितरण भएको छ ।

ई–पासपोर्टबाट सरकारलाई २ अर्ब ६७ करोड ९५ लाख ६ हजार दुई सय ३१ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

विभागले गत वर्ष मंसीर १ मा पहिलो राहदानी शताब्दी पुरुष सत्यमोहन जोशीलाई हस्तान्तरण गरी औपचारिक रूपमा ई–पासपोर्ट वितरण शुरु गरेको थियो ।
परराष्ट्र मन्त्रालयका अनुसार, अहिले ६९ जिल्ला प्रशासन कार्यालय, १५ ईलाका प्रशासन कार्यालय र २६ कूटनीतिक नियोगहरूबाट ई–पासपोर्ट जारी भैरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x