Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

नेपालमा औद्योगिक ग्राम बनाउन मलेसियालाई चेम्बरको आग्रह

काठमाडौं, १० जेठ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक ग्राम स्थापना गर्न मलेसियालाई आग्रह गरेको छ ।


पर्यटन, सूचना प्रविधि, तथा उत्पादनमा एकीकृत लगानीको अवधारणा अन्तर्गत औद्योगिक ग्राम निर्माणका लागि मलेसियालाई चेम्बरले आग्रह गरेको हो । नेपालका लागि मलेसियाका चार्ज डि अफेयर्स मोद फजले विन अवु हसनसँग चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मलेसियाको लगानी सुनिश्चितताका लागि आफूहरूले पहल गर्ने बताएका छन ।

“नेपाल र मलेसियाबीच श्रमको क्षेत्रमा उच्चस्तरीय सहकार्य हुँदै आएको छ । रेमिट्यान्स भित्र्याउने दृष्टिकोणले पनि मलेसिया नेपालको उत्कृष्ट गन्तव्य बनेको छ । झण्डै चार लाख नेपाली युवा मलेसियामा रोजगारीमा छन । श्रम सहकार्यसँगै अन्य विभिन्न क्षेत्रमा लगानीका लागि हामी मलेसिया सरकारलाई आग्रह गर्दछौंँ” उनले भने ।
नेपाल र मेलेसियाबीच लगानी सम्बन्धमा सरकारी तबरमै उच्चस्तरीय सहकार्य हुनुपर्ने मल्लले बताए । नेपालमा खासगरी पर्यटन, जलविद्युत्, सूचना प्रविधि, हस्तकलामा लगानी गर्न उनले आग्रह गरे । वैदेशिक लगानीका लागि नेपालले नीतिगत क्षेत्रमा थुप्रै सुधार गरिसकेकाले ढुक्क भएर लगानी समेत उनले आग्रह गरेका छन ।

मलेसियाका चार्ज डि अफेयर्स हसनले लगानीका लागि आफूहरू तयार रहेपनि प्रतिफलको सुनिश्चितता सम्बन्धी कानुन स्पष्ट हुन नसकेको बताए । उनले भने, “मलेसियाले सूचना प्रविधिको क्षेत्रमा पछिल्लो समय दक्षिण एसियाली राष्ट्रमा लगानी बढाइरहेको छ । हामीलाई नेपालमा पनि लगानी गर्न कुनै समस्या छैन । तर प्रतिफल सम्बन्धी नीतिगत व्यवस्थामा स्पष्ट हुन सकेका छैनौँ ।”

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x