Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

महिन्द्राको नयाँ ट्याक्टर बजारमा

महिन्द्राको नयाँ ट्याक्टर बजारमा

काठमाडौं, १० जेठ । महिन्द्रा समूहको महिन्द्रा फार्म इक्विपमेन्ट सेक्टर ९एफईएस०ले नयाँ ‘एसपीप्लस’ ट्याक्टर नेपालमा भित्र्याएको छ । यी ट्याक्टरहरूमा महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओसहितको डुअल क्लच, उच्च लिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरूजस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधा रहेको कम्पनीले जनाएको छ ।


महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको कृषि उपकरण क्षेत्र अन्तर्राष्ट्रिय कार्य सञ्चालन प्रमुख प्रकाश वाकंनकरले भने, “कृषि उत्पादकत्व अभिवृद्धि गर्ने सन्दर्भमा सशक्तिकरणको उच्चस्तरको खोजी भइरहेको छ । नेपालमा परिष्कृत स्टाइलिङका साथ सबै नयाँ एसपीप्लस शंखला सुरु गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ ।”


अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले नयाँ ट्याक्टरले मुलुकमा खेतीपाती गर्ने तरिकामा फरक पार्ने बताए । यस शृंखलामा उद्योगमै अग्रणी ६ वर्षे वारेन्टी पनि दिने र यसले पूर्ण मानसिक शान्तिको ग्यारेन्टी दिने श्रेष्ठले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x