Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रस्तावित राजदूतद्वय मिश्र र रायको नाम अनुमोदन

प्रस्तावित राजदूतद्वय मिश्र र रायको नाम अनुमोदन

काठमाडौं, १० जेठ । संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि सरकारले प्रस्तावित गरेको राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ ।


मंगलबार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

यसअघि समितिले सरकारले विभिन्न १८ देशका लागि प्रस्तावित राजदूतहरूको नाम अनुमोदन गरेको थियो ।
सरकारदले प्रस्तावित गरेको राजदूत राय र मिश्रविरूद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थिए ।

बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदूतद्वय मिश्र र रायविरूद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदूतको नाम अनुमोदन गरेको बताए ।
सभापति कर्णले भने, ‘हामीले लामो समयदेखि २० जना प्रस्तावित राजदूतहरूको सुनुवाइ गरिरहेका थियौं । समितिले दिनरात नभनि काम गरेको छ। उजुरीको कारणले दुई जनाको अनुमोदन गर्न बाँकी थियो। उजुरी सम्बन्धमा हामीले गहन अनुसन्धान गरेर, पत्राचार गरेर, अध्ययन गरेर, आज त्यसमा विस्तृत रूपबाट छलफल गरेका छौं। छलफल गर्दा उजुरीमा कुनै औचित्य नदेखिएकोले आयोगको पत्राचारबाट पनि हामीले आज डा। रामस्वार्थ राय र वासुदेव मिश्रलाई श्रीलंका र डेनमार्कको लागि प्रस्तावित राजदूतलाई सर्वसम्मतले अनुमोदन गरेका छौं।’
समिति सभापति कर्णले सरकारले प्रस्तावित राजदूतद्वय मिश्र र रायविरूद्ध परेका उजुरीहरूको बारेमा गहन छलफल गरेर अनुमोदन गरेको बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x