Date

सोम, बैशाख २४, २०८१
Mon, May 6, 2024

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थीद्धारा उद्योगमन्त्रीलाई ज्ञापनपत्र

मूल्यवृद्धि फिर्ता लिन माग गर्दै विद्यार्थीद्धारा उद्योगमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं, १० जेठ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विभिन्न १३ विद्यार्थी संगठनहरुले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

विद्यार्थी संगठनले पहिलो चरणको आन्दोलन अन्तर्गत आज (मंगलवार) उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई ज्ञापनपत्र बुझाएका हुन् ।

विद्यार्थी संगठनले भोली बुधवार बिहान आयल निगमको केन्द्रिय कार्यालय घेराउ गर्ने, देशभरका क्याम्पसमा कालो ब्यानर राख्ने र १२ गते साँझ काठमाडौंमा टर्च लाइट जुलुस निकाल्ने कार्यक्रम घोषणा गरेका छन् ।

सरकारले गत आईतवार रातिबाट लागू हुने गरेर प्रति लिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोलको प्रति लिटर मूल्य १८०, डिजेल र मट्टितलेको १६३, आन्तरिक हवाईको १६६ र खाना पकाउने ग्यासको मूल्य २०० रुपैयाँ बढाएर १८ सय रुपैयाँ निर्धारण गरेको थियो ।

त्यो भन्दाअघि सरकारले वैशाख ३१ गते पनि प्रतिलिटर १० रुपैयाँका दरले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । त्यसको विरोध गर्दै विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x