Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

साताको दोश्रो कारोबारको दिन १६.३२अंकले बढ्यो नेप्से

साताको दोश्रो कारोबारको दिन १६.३२अंकले  बढ्यो नेप्से

काठमाडौं, १० जेठ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।

पछिल्लो समय लगातार ओरालो लागेको बजार परिसुचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलब ७४ प्रतिशतले बढेर २ हजार २ सय १७ दशमलब १९ बिन्दुमा पुगेको स्टक एक्सचेञ्जले जनाएको छ ।

शेयर कारोबार गर्ने संस्था स्टक एक्सचेञ्जका अनुसार कारोबार भएका १३ कम्पनी समुहका उपसुचकमध्ये व्यापार र मेक्च्युल फण्ड बाहेक अरु सबै ११ वटा समुहले नाफा कमाएका छन् ।

कूल २२४ कम्पनीको २१ हजार ७ सय ९ कारोबारबाट १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५ सय ४५ रुपैयाँ बराबरका ३१ लाख ७ सय ३ कित्ता शेयर खरिदबिक्रि भएका छन् ।

साताको पहिलो कारोबार दिन अर्थात हिजो सोमबार ३४.२१ अंक घटेर २२००.८८ विन्दुमा बन्द भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x