एशियन लाईफ इन्स्योरेन्सको १०औं वार्षिक साधारण सभा जेठ १९ गते

काठमाडौं, २५ वैशाख । एशियन लाईफ इन्स्योरेन्सले जेठ १९ गते १०औं वार्षिक साधारण सभाको लागि शेयरधनीहरुलाई बोलाएको छ । इन्स्योरेन्सले उक्त साधारण सभामार्फत शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यस इन्स्योरेन्सले साधारण सभा र बोनस शेयर प्रयोजनका लागि जेठ ४ देखी १८ गतेसम्म शेयर दर्ता किताव बन्द गर्ने जनाएको छ ।
यस्तै सोहि साधारण सभाबाट इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि समेत छलफल गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *