Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

एनआईसी एशिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी

एनआईसी एशिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार राठी

काठमाडौं, ११ जेठ । एनआईसी एशिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैकको सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत राठीलाई आईतबार बसेको बैंक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

नेपाल राष्ट्र बैकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ बमोजिम आगामी श्रावण १ गतेदेखि लागू हुने गरी राठीलाई सो पदमा नियुक्ति गरिएको बैंकले जनाएको छ । बैंकको प्रमुख सूचना अधिकारीको समेत जिम्मेवारी सम्हाल्नु भएका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेका अनुसार नवनियुक्ति नायव प्रमुख कार्यकारी अधिकृत राठीले २०६४ मंसिर १९ गते बैक अफ एशिया नेपालको विराटनगर शाखाको शाखा प्रवन्धकको जिम्मेवारीबाट बैकमा प्रवेश गरेका थिए ।

तत पश्चात बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव एवं अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणका लागि राठले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बैकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x